info@eman.org.np
9851145641
logo-img
  • Home
  • About Us
  • Activities
  • Media
  • Apply For Member
  • Press Release
  • Contact Us

सञ्जीव वाग्लेको अध्यक्षतामा कोसी प्रदेशमा इमानद्धारा आफ्नो पहिलो प्रदेश कमिटि गठन

सञ्जीव वाग्लेको अध्यक्षतामा कोसी प्रदेशमा इमानद्धारा आफ्नो पहिलो प्रदेश कमिटि गठन

इटहरी : इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) प्रदेश समिति विस्तार गरेको छ । सञ्जीव वाग्लेको अध्यक्षतामा कोसी प्रदेशमा इमानले आफ्नो पहिलो प्रदेश कमिटि गठन गरेको हो ।

सोमबार भएको कोसी प्रदेशका सञ्चारकर्मीहरुको भेलाले वाग्लेको नेतृत्वमा १३ सदस्यीय समिति बनाएको हो । समितिको उपाध्यक्षमा टीका खतिवडा र चीना थापा, प्रमुख सचिवमा सुरेन्द्र भण्डारी, सचिवमा कौशल निरौला कोषाध्यक्षमा हिमाल दाहाल, सह कोषाध्यक्षमा दीपक कट्वाल चयन भएका छन् ।

यसैगरी सदस्यहरूमा दमन राई, भीम चापागाईँ, मदन गौतम, गणेश साम्पाङ, होमबहादुर बस्नेत र योगेशबाबु काफ्लेलाई चयन गरेको छ ।

भेलामा इमानका केन्द्रीय अध्यक्ष रोयल आचार्य, उपाध्यक्ष डिल्लीप्रसाद सापकोटा, महासचिव रामेश्वर कार्की, सचिव प्रकाश अर्याललगायतको उपस्थिति रहेको थियो । आचार्यले मिडियाहरूको विकास र त्यसका लागि स्थानीय स्रोत साधनको परिचालनलाई आफूहरूले प्राथमिकता दिएको बताए ।

आर्थिक विषयलाई प्रधानता दिएका सञ्चारमाध्यमहरूको संगठनको रूपमा इमानको गठन गरिएको बताउँदै सञ्चार क्षेत्रको विकासको लागि सबैसँग हातेमालो गर्ने बताए ।

यस्तै, महासचिव कार्कीले इमानको प्रदेश समितिले स्वायत्त तरिकाले काम गर्ने र धेरैभन्दा धेरै सञ्चारसंस्थालाई समेट्नुपर्ने बताए । उपाध्यक्ष सापकोटाले मिडियाहरू सक्षम भए मात्रै त्यसले लोकतन्त्रको समेत सुदृढिकरण गर्ने बताए । यता, नवनिर्वाचित वाग्लेले भने प्रदेश समितिले प्रदेशभरीका मिडियाहरूको विकासको लागि चाँडै योजनाबद्ध काम गर्ने बताए ।

Categories

  • Activities

Most Popular

  • इमान केन्द्रीय सदस्यमा आचार्य र थापा थपिए
    इमान केन्द्रीय सदस्यमा आचार्य र थापा थपिए
  • सञ्जीव वाग्लेको अध्यक्षतामा कोसी प्रदेशमा इमानद्धारा आफ्नो पहिलो प्रदेश कमिटि गठन
    सञ्जीव वाग्लेको अध्यक्षतामा कोसी प्रदेशमा इमानद्धारा आफ्नो पहिलो प्रदेश कमिटि गठन
  • सरकारले विकास र समृद्धिमा निजी क्षेत्रलाई सँगसँगै लैजानेगरी आगामी आर्थिक वर्षको बजेट र मौद्रिक नीति ल्याउने
    सरकारले विकास र समृद्धिमा निजी क्षेत्रलाई सँगसँगै लैजानेगरी आगामी आर्थिक वर्षको बजेट र मौद्रिक नीति ल्याउने
  • नेपालको मौद्रिक नीति र अटो व्यवसाय: आर्थिक मिडिया एसोसिएसन नेपाल (इमान) द्वारा आयोजित विशेष छलफल
    नेपालको मौद्रिक नीति र अटो व्यवसाय: आर्थिक मिडिया एसोसिएसन नेपाल (इमान) द्वारा आयोजित विशेष छलफल

Economic Media Association Nepal

Economic Media Association Nepal (EMAN) is a non-profit association of economic media...

View More

Quick Links

  • Mission
  • Vision
  • Objective
  • Medias
  • About Us
  • Contact Us

Important Links

  • Activities
  • Updates
  • Privacy Policy

Get In Touch

Anamnagar, Kathmandu, Nepal

9851145641

info@eman.org.np

Copyright © 2025 All rights reserved.