info@eman.org.np
9851145641
logo-img
  • Home
  • About Us
  • Activities
  • Media
  • Apply For Member
  • Press Release
  • Contact Us

सञ्जीव वाग्लेको अध्यक्षतामा कोसी प्रदेशमा इमानद्धारा आफ्नो पहिलो प्रदेश कमिटि गठन

सञ्जीव वाग्लेको अध्यक्षतामा कोसी प्रदेशमा इमानद्धारा आफ्नो पहिलो प्रदेश कमिटि गठन

इटहरी : इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) प्रदेश समिति विस्तार गरेको छ । सञ्जीव वाग्लेको अध्यक्षतामा कोसी प्रदेशमा इमानले आफ्नो पहिलो प्रदेश कमिटि गठन गरेको हो ।

सोमबार भएको कोसी प्रदेशका सञ्चारकर्मीहरुको भेलाले वाग्लेको नेतृत्वमा १३ सदस्यीय समिति बनाएको हो । समितिको उपाध्यक्षमा टीका खतिवडा र चीना थापा, प्रमुख सचिवमा सुरेन्द्र भण्डारी, सचिवमा कौशल निरौला कोषाध्यक्षमा हिमाल दाहाल, सह कोषाध्यक्षमा दीपक कट्वाल चयन भएका छन् ।

यसैगरी सदस्यहरूमा दमन राई, भीम चापागाईँ, मदन गौतम, गणेश साम्पाङ, होमबहादुर बस्नेत र योगेशबाबु काफ्लेलाई चयन गरेको छ ।

भेलामा इमानका केन्द्रीय अध्यक्ष रोयल आचार्य, उपाध्यक्ष डिल्लीप्रसाद सापकोटा, महासचिव रामेश्वर कार्की, सचिव प्रकाश अर्याललगायतको उपस्थिति रहेको थियो । आचार्यले मिडियाहरूको विकास र त्यसका लागि स्थानीय स्रोत साधनको परिचालनलाई आफूहरूले प्राथमिकता दिएको बताए ।

आर्थिक विषयलाई प्रधानता दिएका सञ्चारमाध्यमहरूको संगठनको रूपमा इमानको गठन गरिएको बताउँदै सञ्चार क्षेत्रको विकासको लागि सबैसँग हातेमालो गर्ने बताए ।

यस्तै, महासचिव कार्कीले इमानको प्रदेश समितिले स्वायत्त तरिकाले काम गर्ने र धेरैभन्दा धेरै सञ्चारसंस्थालाई समेट्नुपर्ने बताए । उपाध्यक्ष सापकोटाले मिडियाहरू सक्षम भए मात्रै त्यसले लोकतन्त्रको समेत सुदृढिकरण गर्ने बताए । यता, नवनिर्वाचित वाग्लेले भने प्रदेश समितिले प्रदेशभरीका मिडियाहरूको विकासको लागि चाँडै योजनाबद्ध काम गर्ने बताए ।

Categories

  • Activities

Most Popular

  • इमान केन्द्रीय सदस्यमा आचार्य र थापा थपिए
    इमान केन्द्रीय सदस्यमा आचार्य र थापा थपिए
  • सरकारले विकास र समृद्धिमा निजी क्षेत्रलाई सँगसँगै लैजानेगरी आगामी आर्थिक वर्षको बजेट र मौद्रिक नीति ल्याउने
    सरकारले विकास र समृद्धिमा निजी क्षेत्रलाई सँगसँगै लैजानेगरी आगामी आर्थिक वर्षको बजेट र मौद्रिक नीति ल्याउने
  • नेपालको मौद्रिक नीति र अटो व्यवसाय: आर्थिक मिडिया एसोसिएसन नेपाल (इमान) द्वारा आयोजित विशेष छलफल
    नेपालको मौद्रिक नीति र अटो व्यवसाय: आर्थिक मिडिया एसोसिएसन नेपाल (इमान) द्वारा आयोजित विशेष छलफल
  • सञ्जीव वाग्लेको अध्यक्षतामा कोसी प्रदेशमा इमानद्धारा आफ्नो पहिलो प्रदेश कमिटि गठन
    सञ्जीव वाग्लेको अध्यक्षतामा कोसी प्रदेशमा इमानद्धारा आफ्नो पहिलो प्रदेश कमिटि गठन

Economic Media Association Nepal

Economic Media Association Nepal (EMAN) is a non-profit association of economic media...

View More

Quick Links

  • Mission
  • Vision
  • Objective
  • Medias
  • About Us
  • Contact Us

Important Links

  • Activities
  • Updates
  • Privacy Policy

Get In Touch

Anamnagar, Kathmandu, Nepal

9851145641

info@eman.org.np

Copyright © 2026 All rights reserved.